logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किए दुर्गा प्रसाईं

    1.3KShares
    धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किए दुर्गा प्रसाईं

    १९ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका छन् । बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कुल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् ।

    दुईवटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

    साथै उच्च अदालत पाटनले सोमबार उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत धरौटीमा छाड्न आदेश दिएको छ । राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता भएको थियो ।

    काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा छन् । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

    उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट