logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • गाउँपालिका अध्यक्ष रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले अपाङ्गता भएका नागरिकलाई सहायता समाग्री प्रदान गरे

    1.9KShares
    गाउँपालिका अध्यक्ष रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले अपाङ्गता भएका नागरिकलाई सहायता समाग्री प्रदान गरे

    खाेटाङ । खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको सहजताका लागि सहायक समाग्री वितरण
    गरेको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत पालिकाले गत बिहीबार वडा नम्बर २
    रतन्छाका दश जना अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले अपाङ्गता भएका नागरिकहरुलाई (छडी)लाठ्ठी,
    श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुईनो वैशाखी हस्तान्तरण गर्नुभयो । सबै प्रकारका नागरिकहरुको सहजताका
    लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पालिकाले वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त
    सहायक समाग्रीहरु हस्तान्तरण गरिएको अपाङ्गता पुनस्थापना कार्यक्रमका पालिका संयोजक रुपा श्रेष्ठले जानकारी
    दिए ।
    यसैबीच, अपाङ्गता भएका नागरिकहरुले गठन गरेको मिलीजुली समूहमा आत्मनिर्भरताका लागि प्रति महिना
    प्रतिव्यक्ति ५० रुपैंया सदस्यता शुल्क संकलन गर्दै आएकोमा गाउँपालिका अध्यक्ष राईद्वारा आफूले पाएको सेवा
    सुविधाबाट १५ हजार रुपैंया थप गरि आत्मनिर्भरताको लागि कोषमा वृद्वि गर्न रकम थप गरिदिने घोषणा गरेका
    छन ।
    साकेला गाउँपालिकामा गत २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र
    करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै
    आएको छ । साकेला गाउँपालिकामा उक्त कार्यक्रम २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ ।

     

    कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न
    मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ । नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा
    संवेदनशील छ, अध्यक्ष राईले भने, ‘गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने
    सबै काममा कमी आउन दिइनेछैन।’ गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति र परिवारका लागि थप कार्यक्रम
    पनि विस्तार गर्दै लाने प्रतिबद्धता अध्यक्ष राईले व्यक्त गरेका छन ।

     

    अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत संकलन भएको विवरण अनुसार गाउँपालिकाभित्र ३२५ जना
    अपाङ्गता भएका व्यक्तिहरु रहेको पहिचान भएको छ । अन्य वडाका अपाङ्गता भएका नागरिकहरुलाई भने क्रमश
    सहायक समाग्रीहरु वितरण गर्दै लगिने कार्यक्रम संयोजक श्रेष्ठले फास्ट न्युज सेभेनलाइ जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट