logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • मन्त्रिपरिषद् हेरफेरको तयारी गर्दै प्रधानमन्त्री ओली

    1KShares
    मन्त्रिपरिषद् हेरफेरको तयारी गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरपफेर गर्ने तयारी अघि बढाएका छन्। यही विषयलाई प्रमुख एजेन्डा बनाएर सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बिहीबार बिहान बालुवाटारमा बैठक बस्न लागेको हो।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार बिहान ११ बजे बस्ने बैठकमा दुई दलका मुख्य नेताहरू सहभागी हुनेछन्। एमालेबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रमुख सल्लाहकार विष्णु रिमाल रहनेछन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने कार्यक्रम छ।

    एमालेका एक वरिष्ठ नेताका अनुसार नेपाली कांग्रेसले मन्त्रीहरूमा कुनै हेरफेर गर्न चासो देखाएको छैन। यसअघि भएको छलफलमा पनि कांग्रेसले रुचि नदेखाएकै कारण मन्त्रिपरिषद् हेरफेर प्रक्रिया अगाडि बढ्न सकेको थिएन। तर, सरकार गठन भएको एक वर्ष पुगिसकेको र केही मन्त्रीहरू विवादित भइरहेका कारण प्रधानमन्त्री ओली अब हेरफेरको पक्षमा रहेको ती नेताले बताएका छन्।

    सभापति देउवाका स्वकीय सचिव भानु देउवाले कांग्रेसभित्र मन्त्री फेर्नेबारे कुनै औपचारिक छलफल नभएको बताएका छन्। उता, एमाले नेताहरूले भने बिहीबारको बैठकपछि प्रधानमन्त्री ओलीले ठोस निर्णय लिनसक्ने जनाएका छन्।

    यदि कांग्रेसले आफ्ना मन्त्रीहरू नफेर्ने अडान दोहोर्‍याएमा एमालेले एकल रूपमा आफ्ना मन्त्रीहरू हेरफेर गर्ने तयारी गरेको छ। यही अनुसार आजै केही मन्त्रीहरूलाई हटाएर नयाँ नियुक्तिहरू गरिने सम्भावना रहेको स्रोतले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट