logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस

    1.1KShares
    सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस

    काठमाडौं । आज (सोमबार) बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा विभिन्न व्यक्तिलाई सिफारिस गरेको छ । बैठकले न्याय सेवा आयोगको विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा सिफारिस गरेको हो । आइतबारदेखि रिक्त भएको मुख्य रजिष्ट्रार पदमा सिनियर रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि सर्वोच्च अदालतका रजिष्ट्रार पौडेल मुख्य रजिष्ट्रारमा सिफारिस भएका हुन् । पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।

    सर्वोच्चमा रहेका रजिष्ट्रार भद्रकाली पाखरेल र न्यायपरिषद्का सचिव यमबहादुर बुढा मगरभन्दा पौडेल करिब ६ महिना अगाडि रजिष्ट्रार पदमा नियुक्त भएका थिए । पौडेल २०८० पौष १८ गते सचिव भएका हुन् भने पोखरेल र बुढामगर २०८१ जेठ ११ गते सचिव भएका हुन् ।

    आइतबार बिहानै बसेको न्याय सेवा आयोगको बैठकले सहरजिष्ट्रार मानवहादुर कार्कीलाई रजिष्ट्रार पदमा सिफारिस गरेको छ । सर्वोच्च अदालतमा मानव संशाधन विकास तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका कार्कीलाई रजिष्ट्रारमा सिफारिस गरेको हो । रजिष्ट्रार विमल पौडेल मुख्य रजिष्ट्रार सिफारिस भएपछि रिक्त रहेको रजिष्ट्रार पदमा कार्की सिफारिस भएका हुन् । कार्कीभन्दा पछिका सहरजिष्ट्रार एक वर्षपछि मात्र रजिष्ट्रार भएका छन् ।

    नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ गतेदेखि राजनीमा दिएर रिक्त भएको पदमा सिनियर सहन्यायाधिवक्ता सुर्यराज दाहाल नायव महान्यायाधिवक्तामा सिफारिस भएका छन् । न्याय सेवा आयोगले सिफारिस गरेको नामलाई आगामी मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।

    याे पनि पढ्नुहाेस्…..

    आज न्याय सेवा आयोगको बैठक, मुख्य रजिष्ट्रारलगायत तीन पद सिफारिस गर्दै

    https://fastnews7.com/news/23750/



    फास्ट न्युज    
  • २०८२ श्रावण १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट