काठमाडौं । आज (सोमबार) बिहान साढे ९ बजे बस्ने न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा विभिन्न व्यक्तिलाई सिफारिस गर्ने भएको छ । बैठकले न्याय सेवा आयोगको विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा सिफारिस गर्ने भएको छ । आइतबारदेखि रिक्त भएको मुख्य रजिष्ट्रार पदमा सिनियर रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने प्रवल सम्भावना रहेको छ । उनी रजिष्ट्रारमध्ये सिनियर रजिष्टार हुन् । सर्वोच्चमा रहेका रजिष्ट्रार भद्रकाली पाखरेल र न्यायपरिषद्का सचिव यमबहादुर बुढा मगरभन्दा पौडेल करिब ६ महिना अगाडि रजिष्ट्रार पदमा नियुक्त भएका थिए ।
पौडेल २०८० पौष १८ गते सचिव भएका हुन् भने पोखरेल र बुढामगर २०८१ जेठ ११ गते सचिव भएका हुन् । पौडेल मुख्य रजिष्टार भएपछि उनको ठाउँमा रिक्त पद रजिष्ट्रारमा सिनियर सहरजिष्टार मानबहादुर कार्कीलाई रजिष्ट्रार बनाउने सम्भावना छ । कार्कीभन्दा पछिका सहरजिष्ट्रार एक वर्षपछि मात्र रजिष्ट्रार भएका छन् । नायव महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले साउन २ गतेदेखि राजनीमा दिएर रिक्त भएको पदमा सिनियर सहन्यायाधिवक्ता सुर्यराज दाहाल नायव महान्यायाधिवक्तामा सिफारिस हुनेछन् । न्याय सेवा आयोगले सिफारिस गरेको नामलाई आगामी मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया