logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • इजरायली सेनाको आक्रमणमा परी ६७ जना मारिए

    1KShares
    इजरायली सेनाको आक्रमणमा परी ६७ जना मारिए

    काठमाडौं।इजरायली सेनाको गोलीबारीमा उत्तरी गाजामा कम्तीमा ६७ जना मारिएका छन् ।संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेका ट्रकहरूको प्रतिक्षा गरिरहेका ६७ जना मारिएका गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।वीवीसीका अनुसार संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले खाद्यान्न बोकेका २५ वटा ट्रक इजरायलबाट प्रवेश गरेर चेकपोइन्टहरू पार गरेपछि ट्रकतर्फ भोकमरीबाट पीडित रहेका नागरिकहरूको ठूलो भीड आएको थियो ।

    त्यही भीडमा गोलीबारी भएको बताइएको छ ।मन्त्रालयले बताएअनुसार गाजाको अन्य भागहरूमा सहायता पर्खिरहेका थप ६ जनाको पनि इजरायली आक्रमणमा मृत्यु भएको छ ।
    १५० भन्दा बढी व्यक्ति घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट