logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • नेपाल र भारतबीच ९ वर्षपछि गृहसचिवस्तरीय बैठक बस्ने तयारी

    1.1KShares
    नेपाल र भारतबीच ९ वर्षपछि गृहसचिवस्तरीय बैठक बस्ने तयारी

    काठमाडौं । नेपाल र भारतबीच पर्सि मङ्गलवार गृहसचिवस्तरीय बैठक बस्ने भएको छ । यसअघि सन् २०१६ मा भएको यस्तो बैठक ९ वर्षपछि पुनः हुन लागेको हो ।

    नेपालले लिम्पियाधुरा, लिपुलेकसहितका भू–भाग समेटेर नक्शा जारी गरेपछि दुई देशका गृह सचिव स्तरीय बैठक हुन सकेको थिएन । बैठकमा सहभागी हुन गृह सचिव गोकर्णमणि दवाडीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भारत जाने गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयका अनुसार दुई दिने बैठकमा अन्तरदेशीय अपराध, सीमा व्यवस्थापन, सीमाका पिलरहरूको मर्मत र तस्करी नियन्त्रणका विषयमा छलफल हुने छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट