logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

    1.2KShares
    आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

    काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क, ख, र ग वर्गका बैंकहरूलाई लक्षित गरेर एकीकृत निर्देशन, २०८१ लाई संशोधन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति कार्यान्वयन गर्नेगरी उक्त एकीकृत निर्देशन संशोधन गरेर ल्याएको हो ।

    एकीकृत निर्देशनमा २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम लगायतका क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरूमा प्रवाहित कर्जा तथा उक्त क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारणले लिएको आवासीय घर कर्जा लगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरिएको छ । जुन विषय राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको थियो ।

    पुनर्तालिकीकरण वा पुनःसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्ने र यसरी पुनर्तालिकीकरण वा पुनःसंरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने एकीकृत निर्देशनमा नयाँ व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाले कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमालाई २५ करोड कायम गरेको छ । सो व्यवस्था पनि आजबाट लागू हुन्छ ।

    तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि मात्र यस्तो सीमा लागू नहुने नयाँ व्यवस्थामा उल्लेख छ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने एकीकृत संशोधनमा उल्लेख गरिएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट