logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले तोडे आमरण अनशन, भयो के सहमति ?

    1.9KShares
    तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले तोडे आमरण अनशन, भयो  के सहमति ?

    काठमाडौं । तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले चार दिनपछि आमरण अनशन तोडेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन् ।

    विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्नुपर्ने माग गरेका उनीहरुले पार्टीसँग सहमति भएपछि आमरण अनशन तोडेको बुझिएको छ । नेता द्वय वर्तमान तदर्थ समिति महाधिवेशन गर्न असक्षम भएकाले भंगको माग गर्दै यही असार १५ गते आइतबारदेखि सत्याग्रहमा बसेका थिए ।

    पार्टीको निर्देशक समितिको सक्रियतामा तरुण दलको अधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म गर्ने गरी प्रतिवद्धता जाहेर गरेपछि उनीहरुले अनसन तोडेका हुन् । अधिवेशन गराउनका लागि पार्टीले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने समेत सहमति बनेको छ । कांग्रेस महामन्त्री गगन थापाले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने सहमति पत्रलाई पढेर सुनाएका थिए ।

    महाविधेशन गराउने कार्यदेशसहित २०७८ बाट गुरुङ नेतृत्वमा तदर्थ समिति गठन गरिए पनि उक्त कमिटीले एउटा जिल्लामा पनि अधिवेशन गराउन सकेको छैन ।गुरुङ नेतृत्वको कमिटीलाई ६ महिनाको समय थपेर पार्टीले नै अधिवेशनको जिम्मा लिने भएको हो । तरुण दलले ७ वर्षदेखि नै अधिवेशन गर्न सकेको छैन ।

    असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको थियो । राई र बास्कोटा नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपाको मूल गेटमा सत्याग्रहमा रहँदा तरुण दलका अन्य केन्द्रीय सदस्यहरु, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिएका थिए ।



    फास्ट न्युज    
  • २०८२ असार १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट