logo

२०८३ बैशाख २९ मंगलवार

logo
  • २०८३ बैशाख २९ मंगलवार
  • कांग्रेस मुख्यालयभित्र आमरण अनशन जारी, नेताहरुले बेवास्ता गरेको गुनासो

    1.2KShares
    कांग्रेस मुख्यालयभित्र आमरण अनशन जारी, नेताहरुले बेवास्ता गरेको गुनासो

    काठमाडौं । तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग नभएसम्म आमरण अनशन नतोड्ने अडान राखेका छन् । उनीहरुले महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको माग गर्दै आमरण अनशन जारी राखेका छन्। यो वा त्यो बहानामा अनशन नतोडिने उनीहरुको अडान छ । छलफलबाट आफूहरुले राखेको माग गलत भन्ने पुष्टि भएमा भने तुरुन्तै आमरण अनशन त्याग्ने उनीहरुले स्पष्ट पारेका छन् ।

    यही असार १५ गते आइतबारदेखि नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्य राई र बास्कोटा आमरण अनशन बसिरहेका हुन् । उनीहरुलाई तरुण दलका अन्य केन्द्रीय सदस्यहरुले, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिइरहेका छन् । तरुण दलको तदर्थ समिति महाधिवेशन गर्न असक्षम रहेको आन्दोलनरत पक्षको दाबी छ ।

    पानी पनि नपिई कार्यालयको मूल ढोकामा अनसनरत राई र बास्कोटा शारीरिकरुपमा कमजोर र थकित हुँदै गएका छन् । उता कार्यालयभित्र भने कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकभित्र चर्काचर्की छ तर त्यो तरुण दलको विषयमा भने होइन। बैठक हलमा प्रवेस गर्ने बेला कांग्रेस उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अनशनरतसँग गफगाफ गरेका छन् । तर पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा अनशनस्थल छल्दै पछाडिको ढोकाबाट छिर्ने गरेका छन् । केन्द्रीय सदस्य अम्बिका बास्कोटा भन्नुहुन्छ, ‘सभापति र महामन्त्रीद्वय मूल गेटबाट प्रवेश गर्नुहुन्न । बाटो बदलिरहनु भएको छ, पछाडिको ढोकाबाट छिर्नुहुन्छ ।’

    यस्तै पत्रकारहरु अनशनमा बसेकाहरुसँग भेटघाट गर्न जाँदा प्रहरीले गेटैबाट रोक्ने गरेको छ । पार्टी प्रवक्ताको चिट लिएर आएमात्र छिर्न दिने भन्दै पत्रकारलाई कार्यालय प्रवेशमा कडाइ गर्ने गरेका छन् । ‘लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुको संगठन सुधार गर्ने जायज मागहरु सम्बोधन गर्नेमा विश्वस्त रहेको बास्कोटाले जनाउनु भयो । तर अनशन बस्ने आफूहरुले गैंडाको छाला कनाइरहेको जस्तो महसुस भइरहेको छ, नेताहरुले ध्यान दिएका छैनन् । आफूहरु हार मान्ने पक्षमा छैनौं’, अनशनरत राई र बास्कोटा बताउँछन् ।

    ‘वर्तमान तरुण दलको तदर्थ समिति गठन भएको तीन वर्ष भइसक्यो, यसलाई भंग गरेर सानो कमिटी निर्माण गरेर शीघ्र महाधिवेशन गर्नुपर्छ, वर्तमान समितिले महाधिवेशन गर्छ भन्नेमा अलिकति पनि विश्वास छैन’, केन्द्रीय सदस्य बास्कोटाको भनाइ छ ।

    थुप्रै कांग्रेस नेताकार्यकर्ताहरु, शुभन्तिकहरुले राई र बास्कोटासँग  भेटघाट गरेर  माग जायज रहेको प्रतिक्रिया दिने गरेका छन् । यस्तै उनीहरुले अनशनरत नेताहरुको स्वास्थ्यमा चासो राख्दै केन्द्रीय तहमा कुरा राख्ने विश्रवास दिलाइ रहेका छन्।

    नेता शेखर कोइरालालगायत नेताहरुले अनशनरतसँग भेटघाट गर्नु भएको छ । तर भोलि पार्टी सभापतिको भूमिकामा देखिने महामन्त्रीद्वय पछाडिको ढोकाबाट छिरेर आफूहरुलाई वेवास्ता गरिएको केन्द्रीय सदस्य बास्कोटा गुनासो गर्नुहुन्छ ।  ‘६ वा ८ महिनाभित्रमा अधिवेशन गर्नुपर्नेमा तीन वर्षसम्म गर्ने नसक्नेलाई हटाऔं भन्दापनि केही नेताहरुले पुरस्कृत गरिरहनु भएको छ, यो अत्यन्त गलत प्रवृतिको थालनी, गलत परम्पराको स्थापना हुन लागिरहेको छ । यसैलाई तोड्न हाम्रो आमरण अनसन हो’ , बास्कोटा थप बताउनु हुन्छ ।

    संगठनमा गुटउपगुट बनाएर लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिइएको अनसनरत राई, बास्कोटालगायत अन्य केन्द्रीय सदस्यहरुको आरोप छ ।

    त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको लगायतका कारण तदर्थ समिति भंग हुनुपर्ने माग राख्दै आमरण अनशन बसेको तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले असशन सुरु गरेको दिन नै जानकारी गराइसकेका छन् । कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले दबाब दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ असार १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट