logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • जन्तेढुङ्गा गाउँपालिकाले लगाएको आलु खन्न सुरु

    1.7KShares
    जन्तेढुङ्गा गाउँपालिकाले लगाएको आलु खन्न सुरु

    खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले लगाएको आलु खेतीले उत्साहजनक परिणाम दिएको छ । कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने उद्देश्यकासाथ पालिकाको लगानीमा सञ्चालन गरेको व्यवसायिक आलु खेतीको फसल खन्न सुरु गरिएको छ ।

    गाउँपालिकाको वडानंम्बर ४ भञ्ज्याङ्गखर्कमा करिब ६० रोपनी क्षेत्रफलमा लगाइएको आलुको फसल बुधबारबाट खन्न थालिएको हो । कृषि उत्पादन, रोजगारी सिर्जनाकासाथै रैथानेबाली प्रबर्धन कार्यक्रमअन्तर्गत आलु खेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणादेवि राई ‘दिक्षा’ले जानकारी दिईन् ।

    गाउँपालिका उपाध्यक्ष खेम खड्का, पालिकाका कृषि प्राविधिक र स्थानीय कृषकहरूको सहभागितामा आलु खन्ने कार्य सुरु गरिएको हो । व्यवसायिक हिसाबले उत्पादन गर्ने उद्देश्यकासाथ सुरु गरिएको आलु खेतीले मनग्ये उत्पादन दिएको अध्यक्ष राईले बताईन् ।

    पहिलो वर्ष आलु खेतीका लागि कृषि प्राविधिकको सिफारिसमा ३ क्विन्टल र स्थानीय जातको ७ मुरी बीउ प्रयोग गरिएको थियो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका कामदारहरूमार्फत सञ्चालन गरिएको कृषि उत्पादनले स्थानीय युवाहरूलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ ।

    बाँझो रहेको जमिनको उपयोग गर्दै आलु उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न आलु खेतीलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने अध्यक्ष राईले सुनाईन् । “उत्पादित आलुको बजारीकरणका लागि चिसापानी बजारमा बिक्री गर्ने र बाँकी रहेको आलु पालिकाले निर्माण गरेको चिस्यान केन्द्रमा भण्डारण गर्ने व्यवस्था मिलाएका छौ ।” अध्यक्ष राईले भनिन् । रैथाने बाली प्रवर्धन गर्ने गाउँपालिकाले नीति बनाएको उल्लेख गर्दै आलु खनिएको बारीमा अब तीते फापर लगाउने तयारी रहेको जानकारी दिइन् ।

    हाल उक्त स्थानमा पालिकाले खरिद गरेको जेसिभी प्रयोग गरेर खाल्डो खनेर र प्राङ्गारिक मल बनाउने काम भइरहेको छ । रासायनिक मलको प्रयोग घटाउन र वातावरणमैत्री कृषि प्रणालीलाई प्रवर्धन गर्न समेत सचेतता अपनाईएको गाँउपालिकाले जनाएको छ ।

    जन्तेढुङ्गा गाउँपालिकाले लगाएको आलु खन्दै कृषकहरु ।Source: rajdhani 



    फास्ट न्युज    
  • २०८२ असार १३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट