logo

२०८३ आश्विन ३ शनिबार

logo
  • २०८३ आश्विन ३ शनिबार
  • १६१ वटा मुलुकसँग नेपालकाे व्यापार, १२४ देशसँग घाटा

    1.3KShares
    १६१ वटा मुलुकसँग नेपालकाे व्यापार, १२४ देशसँग घाटा

    काठमाडौँ । नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये ३७ वटा मुलुकसँग व्यापार नाफा र १२४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटाको अवस्था छ ।

    चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानबाट चार करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँको वस्तु अफगानिस्तान निर्यात गरेको थियो ।

    त्यस्तैस नेपालले डेनमार्क, रसिया फेडेरेसन, रोमानिया, लाओ पिपल्स डेमोक्य्राटिक, आइसल्यान्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोयसिया लगायतका ३७ वटा मुलकमा नाफाको वैदेशिक व्यापार गरेको छ ।

    तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालबाट अफगानिस्तानमा डोजरसँग सम्बन्धित सामग्री र औषधिजन्य सामग्री निर्यात भएको छ । त्यस्तै, डेनमार्कमा क्रिसमस पर्वमा प्रयोग हुने सजावटका सामग्री, विभिन्न प्रकारका कपडा, जुत्ता लगायतका सामग्री निर्यात भएका छन् ।

    समीक्षा अवधिमा नेपालले डेनमार्कबाट ३५ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने ६२ करोड ७२ लाख ७४ लाख रुपैयाँ बराबरको वस्तु सो देशमा निर्यात गरेको थियो ।

    साथै, नेपालले तेस्रो फाइदाको व्यापार गरेको मुलुक रसियन फेडेरेसनमा यहाँबाट चिया, कार्पेट लगायतका वस्तु निर्यात भएका छन् । नेपालले समीक्षा अवधिमा रसियन फेडेरेसनबाट १० करोड ५२ लाख २४ हजार रुपैयाँको विभिन्न वस्तु आयात गरेको थियो भने १७ करोड ७३ लाख एक हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट