logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • आजवाट सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु (फोटो फिचर)

    1KShares
    आजवाट सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु (फोटो फिचर)

    काठमाडौं : जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को रथ जात्रा मंगलबारबाट सुरु भएको छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ। जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइन्छ।

    दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ। तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ। मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ। त्यस्तै बैशाख ८ गते बिभिन्न स्थानमा खट जात्रा गरी जात्रा सम्पन्न गरिन्छ।

    मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ। मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ। पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार