काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको सफल उद्धार गरिएको छ। आकर्षक जागिरको लोभ देखाएर त्यहाँ पुर्याइएका उनीहरूलाई शारीरिक र मानसिक यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको पाइएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र सामाजिक संस्था केआइन इन्डियाको सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको जानकारी दिएको हो।
दूतावासका अनुसार, नेपाली युवाहरूलाई भारतको सीमावर्ती क्षेत्र हुँदै उत्तराखण्ड पुर्याएर बन्धक बनाइएको थियो। ती युवाहरूमाथि कुटपिट गरिनुका साथै अवैध रूपमा पैसा असुलिएको बताइएको छ । घटनामा संलग्न केही व्यक्तिहरुलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।
दूतावासले उद्धार गरिएका नेपालीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण, कानुनी सहायता र नेपाल फर्काउने प्रक्रिया अगाडि बढाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया