काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुने भएको छ।बुधबार बस्ने भनिएको बैठका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काठमाडौं बाहिर भएका कारण बस्न नसकेपछि बिहीबारका लागि बोलाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।बैठकमा संसदको अवरोध र समसामयिक राजनीतिक परिस्थितीबारे छलफल हुने बताइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया