काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित दूतावासले एक सूचना प्रकाशित गर्दै नेपालीको उद्दार तथा स्वदेश फिर्ती प्रयोजनका लागि भन्दै अनलाइन रजिष्ट्रेसन प्रक्रिया थालेको हो ।
“इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,” दूतावासले सूचनामा भनेको छ ।
इजरायल र इरानबीच युद्ध चर्किएपछि विभिन्न राष्ट्रले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ । उद्दार तथा स्वदेश फिर्ताका लागि गुगल फारम भर्नुपर्नेछ । माथिको लिंकमा क्लिक गरेमा गुगल फारम खुल्नेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया