logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • इरानी सर्वोच्च नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पको सुझाव

    1.1KShares
    इरानी सर्वोच्च नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पको सुझाव

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिनुभएको हो ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानको बारेमा धेरै पोस्ट गर्दै नेता आयतुल्लाहबारे अमेरिका पूर्ण रुपमा जानकार रहे पनि तत्कालका लागि उनको ज्यान सुरक्षित रहेको बताउनुभएको छ । उहाँले नेता खोमिनीलाई मार्न सजिलो रहे पनि अहिले केही नगर्ने दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

    इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि ठाउँ सही नभएको बताउन थालेका छन् । अहिले संसारका धेरै नेता अमेरिकी राष्ट्रपति ट्रम्पको अबको बाटोको बारे अनुमान गर्न थालेका छन् ।

    गएको शुक्रवारदेखि इजरायलले इरानमा आक्रमण गरेपछि चलिरहेको युद्धमा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ । इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ । अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ । तर इरानमाथिको पछिल्लो आक्रमणमा अमेरिका संलग्न नरहेको ट्रम्पले स्पष्ट पार्नु भएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट