logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • कांग्रेस सांसदको रास्वपालाई प्रश्न: मानव तस्कर कसलाई भन्न खोजेको हो ?

    1.2KShares
    कांग्रेस सांसदको रास्वपालाई प्रश्न: मानव तस्कर कसलाई भन्न खोजेको हो ?

    काठमाडौं । नेपाली कांग्रेसले मानव तस्करीको परिभाषा स्पष्ट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । रास्वपाले संसद्‌मा ‘मानव तस्करलाई कारबाही गर’ को नारा लगाइरहेको छ । यसो भनेर कसलाई मानव तस्कर भन्न खोजेको हो त्यो स्पष्ट गर्न कांग्रेसकी सचेतक सुशिला थिङले आग्रह गरेकी हुन् ।

    अर्थमन्त्री विष्णु पौडेलले सोमबार प्रतिनिधि सभामा बजेटको समान्य छलफलमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि समय मागिन् ।

    सभामुखले समय दिएपछि उनले रास्वपाले लगाएको नाराप्रति नै नियमापत्ति गरिन् । उनले भनेकी छन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’

    त्यसपछि सांसद थिङले उपसभामुख लक्षित गर्दै मानव तस्करको परिभाषा के हो भनेर प्रश्न गरिन् । ‘मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? र जसले पाँच/पाँच जना व्यक्तिलाई हस्ताक्षर गराएर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो त्यो कुरमा स्पष्ट पारियोस्,’ उनले भनिन् ।



    फास्ट न्युज    
  • २०८२ असार २, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट