काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
चैत १५ गतेको राजावादी प्रदर्शनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेर थुनामा रहेकामध्ये ३२ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यरातमा दिएको आदेशअनुसार रिहा गर्न आदेश भएका ३२ जनासँग १० हजारदेखि १ लाखसम्म धरौटी माग भएको छ ।
यस्तै ७ जना थुनामा जाने आदेश भएकामा प्रसाईसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया