logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • संघीयता सबलीकरण र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    1KShares
    संघीयता सबलीकरण र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ ।

    सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन– २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट