logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

    1.2KShares
    उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

    काठमाडौँ। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वायम्भु, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुने छ भने अर्को बस स्वयम्भु, कलङ्की, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्ने छ ।

    सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्य सम्म पुयाउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार