logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सर्वोच्चको आदेशपछि रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

    931Shares
    सर्वोच्चको आदेशपछि रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा सर्वोच्च अदालतबाट आएको आदेशका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

    दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ । आइतबार (भोलि) दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्नेछ ।

    सर्वोच्च अदालतले शुक्रबार पार्टी सभापति लामिछानेको सम्बन्धमा आदेश जारी गरेपछि रास्वपाको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक बसेको थियो । उक्त बैठकले आज र भोलिका लागि बैठक बोलाएको हो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट