logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • कार्यकारी संयन्त्रको असफलताले नेपाल विकासमा पछाडि पर्‍यो : जनार्दन शर्मा

    961Shares
    कार्यकारी संयन्त्रको असफलताले नेपाल विकासमा पछाडि पर्‍यो : जनार्दन शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले भ्रष्टाचार मुक्त जनउत्तरदायी प्रशासनसहितको दिगो नेतृत्वको सत्ता आवश्यकता रहेको बताएका छन् ।वर्तमान राजनीतिक समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्ने गरेको भएपनि थोरै पनि लागू गर्न नसकेको बताएका हुन् ।

    शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन नसकेको बताए ।

    साथै उनले नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठूलो कारक तत्वको रुपमा कार्यकारी संयन्त्र अन्तरगतका संस्था र  संस्थागत संरचना भएको बताए । उनले नेपाल एक असफल राष्ट्र भएको बताउँदै जनताको निराशा र आक्रोश चुलिँदै गएको बताए ।

    नेपालको विकास र समृद्धिका लागि गेम चेन्जर आयोजनाको रुपमा हेरिएका कर्णालीको चिसापानी आयोजना, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र हुलाकी राजमार्ग दशकौंसम्म पनि सम्पन्न नहुनु देशको कार्यकारी संरचनाको असफलता भएको शर्माको भनाइ रहेको छ ।

    संविधान संशोधन कार्यान्वयनमार्फत मुलुकको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका कामकारबाहीलाई जनताको अधिकारमा प्राप्तिमा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट