logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

    1.1KShares
    एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

    सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते सुख्खा पहिरो गएपछि १८ परिवार त्रिपालमुनी बसिरहेका छन् ।

    प्रदेश सरकारले पीडितहरूका लागि संघीय सरकारले भन्दापछि राहत सामग्री पठाएको हो। १ जेठमा हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयलाई प्रदेशले ८ दिनपछि बिहीबार राहत सामग्री पठाएको हो।

    पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पुर्‍याइएको थियो।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट