logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • वियोगी बुढाथोकीको ‘समयले जुटाएको चिटचिट’ लोकार्पित

    1KShares
    वियोगी बुढाथोकीको ‘समयले जुटाएको चिटचिट’ लोकार्पित

    काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । यो उनको अठारौं कृति हो ।

    राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईं लगायतले उक्त कृति सार्वजनिक गरे ।
    चापागाईंले कृति सार्वजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने वताए। उनले साहित्यकारको व्यक्तित्व तिनका कृतिमा भेटिने बताउँदै कृति विभिन्न रोचक प्रसंग र कविता तथा गजलहरूले सजिएको बताए ।

    कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.कपिल अज्ञातले वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशले भरिएको बताए।अर्का समीक्षक अनुपमा रेग्मीले कृति माथि वृहद समीक्षा गर्दै वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्ति गहन रूपमा आएको बताइन् ।

    कृतिकार बुढाथोकीले यो कृति आउनुको अन्तर्य सहित लेखकीय मन्तव्य व्यक्त गरे।शुभकामना मन्तव्य व्यक्त गरे ।कार्यक्रममा सर्जकहरू श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली,सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गरे  ।

    प्रकाश घायलको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता विष्णुबहादुर सिंहले गरेका थिए ।शिवपुरी साहित्य समाज,शिवपुरी सन्देश त्रैमासिकको आयोजनामा उक्त कार्यक्रम भएको हो । नियात्राकृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट