logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  •  परराष्ट्रमन्त्री राणाकाे पहल: विपीन जोशीको रिहाइका लागि कतारका विशेष दूतसँग आग्रह

    979Shares
     परराष्ट्रमन्त्री राणाकाे पहल: विपीन जोशीको रिहाइका लागि कतारका विशेष दूतसँग आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छिन् ।

    सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री राणाले सो आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री राणासँग भएको शिष्टाचार भेटका क्रममा नेपाली युवक जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

    मन्त्री राणाले जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी हुन् । यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट