काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् ।आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्ध बिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो । आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो । आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया