logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • काभ्रेमा बाढीमा बगेकी महिला फेला परिनन्, खोजी कार्य जारी

    964Shares
    काभ्रेमा बाढीमा बगेकी  महिला फेला परिनन्, खोजी कार्य जारी

    काठमाडौं । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।

    पनौती नगरपालिका–५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी मेलाबाट फर्कने क्रममा कुलो तर्दा बेपत्ता भएकी थिइन् । गिरीको अवस्था पत्ता लाग्न नसकेपछि आजलाई खोजी कार्य स्थगित भएको छ। आज बिहानबाट पुनः खोजीकार्य हुने प्रहरीले जनाएको छ ।

    बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा क्षति पुर्‍याएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी, बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट