logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत : परीक्षा बोर्ड

    1.2KShares
    कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत : परीक्षा बोर्ड

    काठमाडौं । आजदेखि सुरुभएको कक्षा १२ को वार्षिक परक्षाको प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत भएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै सम्पन्न भएको अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको हो ।

    साथै बोर्डले परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ । आज, आइतबार भक्तपुर सूर्यविनायक नगरपालिकास्थित केही परीक्षाकेन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि बोर्डले यसबारे प्रेस विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट