logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंहलाई म्याद थप गर्न लगिंदै

    988Shares
    अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंहलाई म्याद थप गर्न लगिंदै

    काठमाडौं । सर्वोच्च अदालतको लेटरहेडमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थप गर्न अदालत लगिँदैछ । रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रमुख तथा एसपी कुलदीप चन्दले बताए ।

    उनलाई अब केहीबेरमा म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ । अनधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भन्दै उनी आफैं गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट