logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • स्कटल्याण्डलाई पराजित गर्न रोनाल्डोको निर्णायक गोल

    790Shares
    स्कटल्याण्डलाई पराजित गर्न रोनाल्डोको निर्णायक गोल

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो ।

    पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले गोल गरेका थिए ।

    यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समुह एक मा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २४, सोमबार ०१:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार