काठमाडौं ।भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्। बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन् ।
प्रिसा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको छ ।
भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले घटनामा विस्तृत अनुसन्धान गरिने बताए । उनका अनुसार वैज्ञानिक टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण विवरण संकलन गरेको छ ।
प्रहरीले छात्राको परिवार र नेपाल राजदूतावासलाई घटनाको जानकारी दिएको छ | घटनापछि ओडिशा सरकारले मृतक छात्राको परिवारप्रति समवेदना व्यक्त गरेको छ । सरकारी अधिकारीहरूका अनुसार, विश्वविद्यालयले छात्राका आमाबुवालाई तत्काल घटनाको जानकारी दिएको छ ।
यसअघि पनि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया