काठमाडौं । भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ । यस सम्बन्धमा बुधबार साँझ एयरपोट्र्स अथोरिटी अफ इण्डिया (एएआई) ले एक नोटम (नोटिस टू एयरमेन) जारी गरेको छ ।नोटाम एक प्रकारको औपचारिक सूचना हो, जसमा नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र, विमानस्थल, नेभिगेसन प्रणाली, वा उडान सुरक्षासँग सम्बन्धित कुनै अस्थायी परिवर्तन, प्रतिबन्ध, जोखिम वा कार्यहरू बारे पाइलटहरू, एयरलाइन्स र एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराउने गरिन्छ।भारत र पाकिस्तानबीच सीधा उडान छैन । पाकिस्तानी एअरलाइन्सहरूले सिङ्गापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशहरूमा उडानका भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिनपछि भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको छ । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एकमात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ ।
यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो ।सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।
सिन्धु जल सन्धिको बारेमा पाकिस्तानले भनेको छ कि यदि पानी रोक्ने वा मोड्ने कुनै प्रयास गरियो भने यसलाई ‘युद्धको घोषणा’ मानिनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया