logo

२०८३ भाद्र २१ आईतवार

logo
  • २०८३ भाद्र २१ आईतवार
  • इरानको होर्मुज बन्द गर्ने निर्णयले विश्व व्यापारमा चिन्ता, अमेरिका आक्रामक

    916Shares
    इरानको होर्मुज बन्द गर्ने निर्णयले विश्व व्यापारमा चिन्ता, अमेरिका आक्रामक

    काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेको गरेको छ। अर्को सूचना नआएसम्मका लागि विश्वकै सबैभन्दा महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुज बन्द गर्ने निर्णय गरेको हो ।

    यो व्यापारिक मार्ग बन्द भएसँगै अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने । इरानले त्यसको अझ कडा जवाफ दिने चेतावनी दिएको छ।

    अमेरिकी केन्द्रीय कमाण्ड ९सेन्टकम० का अनुसार साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको हो। सेन्टकमले इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० को मिसाइल आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको, जहाज अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको तथा चालकदलका एक सदस्य बेपत्ता भएको दाबी गरेको छ।

    अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समार्फत सेन्टकमको विज्ञप्ति साझा गर्दै इरानले गलत निर्णय गरेको र त्यसको मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन्।

     



    फास्ट न्युज    
  • २०८३ असार २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट