logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • अबदेखि कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइन सूचीकरण गनुपर्ने

    958Shares
    अबदेखि कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइन सूचीकरण गनुपर्ने

    काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ ।

    मंगलबार बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले सबै जिल्लाहरुलाई छुट्टाछुट्टै पासवर्डमार्फत सूचीकृत गर्ने निर्णय गरेको हो ।कांग्रेसले  क्रियाशील सदस्यताको नवीकरणका लागि १५ वैशाखसम्मको म्याद दिएको थियो । समिति सदस्य प्रकाश स्नेही रसाइलीले नवीकरण फर्म बोकेर केन्द्रीय कार्यालय आउन नपर्ने बताए ।

    उनले भने,‘सबै जिल्लाबाट नवीकरण भएकाहरुको सूची दर्ता गर्ने अनलाइनलाइन व्यवस्था हुन्छ । फर्म बोकेर केन्द्रीय कार्यालय आउनु पर्दैन।’ वैशाख मसान्तभित्र सबै स्थानबाट नवीकरण गर्नेहरुको सूचीकृत गरिसक्नुपर्ने निर्णय गरेको स्नेहीले जानकारी गराए ।

    कांग्रेस विधान अनुसार हरेक वर्ष क्रियाशील सदस्यताको नवीकरण गर्नुपर्दछ । महाधिवेशन गर्ने वर्ष भने नवीकरण र नयाँ वितरण गर्न विधान अनुसार मिल्दैन । स्नेहीका अनुसार सबै जिल्लामा नवीकरणको कार्य भएको र यो महिनाभित्र अनलाइन सूचीकृतको काम सकिने छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट