logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • शिक्षकहरूलाई धम्की नदिन शिक्षक महासंघको आग्रह

    937Shares
    शिक्षकहरूलाई धम्की नदिन  शिक्षक महासंघको आग्रह

    काठमाडौं। शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।

    हाल सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो। आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो। नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट