logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • व्यापार युद्धमा अमेरिका विजयी हुनेछ: ट्रम्प

    1KShares
    व्यापार युद्धमा अमेरिका विजयी हुनेछ: ट्रम्प

    वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा ५० प्रतिशतले वृद्धि भएको यो ठुलो सफलता हुने पनि बताएका हुन्। टाइममा प्रकाशित उनको अन्तरवार्तामा सो कुरा उल्लेख गरिएका छ।

    ट्रम्पले अहिले इतिहासकै सबै भन्दा ठुलो आयात करको घोषणा गरेका छन्। सोही घोषणा अनुसार अमेरिका छिर्ने हरेक सामानमा १० प्रतिशत कर बढी लाग्ने छ। मेक्सिकोबाट आउने स्टिल, एल्मनियम र अटोमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाइएको छ।

    सबै हिसाब गर्ने हो भने अमेरिकाको करको मात्रा २२ दशमलव ८ प्रतिशत कर छ। यसको परिणाम अहिले अमेरिकाको अन्य देशसँगको व्यापार खस्कँदो छ। चीनसँगको व्यापार त शून्य उन्मुख देखिएको छ। धेरै व्यापारी भने लगानीका लागि डराइरहेका छन्।

    अहिले व्यापार ओरालो लागे पनि केही समय पछि यसले अझ धेरै माथि उठाउने दाबी ट्रम्पले गरेका छन्। उनले अमेरिका अझ समृद्ध हुने बताएका छन्।



    फास्ट न्युज    
  • २०८२ बैशाख १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट