logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • शिक्षकले अघि सारेका मागहरू सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी

    958Shares
    शिक्षकले अघि सारेका मागहरू सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी

    काठमाण्डौ ।सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेर अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको जानकारी दिएको हो ।

    सात बुँदे प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको शिक्षा मन्त्रालयकाे भनाइ छ । तर शिक्षा मन्त्रालयले आफूखुशी सात बुँदे प्रस्ताव तयार गरेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो ।

    विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । यही अधिवेशनमा विधेयक पेश गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ ।

    गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरं २० दिनदेखि काठमाण्डौको सडकमा आन्दोलित छन् ।

    यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसाे १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् । दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ ।

    सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।यसैबीच आन्दोलनरत शिक्षकहरूले घर फर्किने क्रममा गाडी दुर्घटनामा ज्यान गुमाएका शिक्षकहरूको सम्झनामा सडकमै शोक मनाउने भएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भई नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको हिजो ज्यान गएको हो ।

    शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि आग्रह गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट