काठमान्डौं । जनमत पार्टिले विज्ञप्ति जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता डा। शरदसिंह यादवले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधन गरिनुपर्ने बताउनु भएको हो ।
नेपाल सरकारको शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्योलता अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तीमा आन्दोलन शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐनसमेत जारी गरिदिनुहुन जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।शिक्षक महासङ्घ गत चैत २० गतेयता लगातार आन्दोलनमा रहेका छन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया