logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • आज केही ठाउँमा वर्षा हुने, केही ठाउँमा हिमपात

    952Shares
    आज केही ठाउँमा वर्षा हुने, केही ठाउँमा हिमपात

    काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङमा ५६ मिलिमिटर तथा अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ ।

    पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ ।

    आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट