logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन: कांग्रेस महामन्त्री थापा

    952Shares
    जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन: कांग्रेस महामन्त्री थापा

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषदले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका हुन् । उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश, उत्साह र समर्पन सरकारको नेतृत्वबाट हुन नसकेको जिकिर गरे ।

    नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राखे । यसका लागि नेतृत्वको शैलि वा नेतृत्व नै बदल्न जरुरी रहेको उनको भनाइ छ ।

    त्यस्तै महामन्त्री थापाले अहिले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको धारणा रारे । राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको उहाले बताए । थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोषा जनतालाई महशुस गराउन सक्नुपर्नेमा जोड दिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार