logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

    961Shares
    तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

    जनकपुर । तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ ।यही अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

    विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ ।

    वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

    घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ । तराईका क्षेत्रहरुमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।

    जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट