काठमाडाैं । वेपत्ता आयोगको अध्यक्षमा नेपाल बारको नेतृत्वबाट बिदा हुन लागेका गोपालकृषण घिमिरेले जिम्मेवारी लिने गरि आन्तरिक तयारी तीब्र पारिएको छ । बार निर्वाचनमा कांग्रेस एमाले गठबन्धनलाई निर्वाचित गराउनका लागि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका पूर्वकानूनमन्त्री अग्नि खरेलले बन्द कोठामै वेपत्ता आयोगको अध्यक्ष बनाउने गरि तालमेल मिलाएको चर्चा छ।
घिमिरेले सर्वोच्चको नेतृत्वमाथि गम्भीर आरोप लगाउँदा अदालतको मानहानी मुद्दा खेपिरहेका छन् । बारको अध्यक्ष हुँदाहुँदै मुद्दा खेपेपनि बार निर्वाचनको परिणाम उल्टिने खतराका कारण अग्नि खरेलले अनेक सक्रियता देखाएको बताइन्छ ।
वेपत्ता आयोगको अध्यक्षमा घिमिरेलाई अघि सार्ने आन्तरिक सहमतिदेखि अन्य वकिलहरुलाई समेत विभिन्न नियुक्तिका अफरहरु गरिएको बताइन्छ। यद्यपी यो निर्णय कार्यान्यन होला ? शंका भने कायमै छ ।
‘चर्चा चलेको छ । विभिन्न कोणबाट नेतृत्व लिने गरि प्रस्ताव आएको छ । यो प्रस्तावलाई मैले सकारात्मक रुपमा नै लिएको छु । बाँकी समयक्रमअनुसार होला’, घिमिरेले भने । नेपाल बारमा विजयप्रसाद मिश्र नेतृत्वको कांग्रेस एमाले गठबन्धन निर्वाचित भइसकेको छ । पद हस्तान्त्रण कार्यक्रम भने बैशाख ६ गतेका लागि तय भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया