logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाद्वारा मानव अधिकार आयोगमा निवेदन दर्ता

    868Shares
    रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाद्वारा मानव अधिकार आयोगमा निवेदन दर्ता

    काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ।

    बुधबार रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो नेतृत्वमा गएको रास्वपाको टोलीले सामान्य एउटा प्रकृया पनि पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको भन्दै आयोगबाट छानबीन भइ आवश्यक कारबाहीको माग सहित आयोगलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

    ‘सामान्य एउटा प्रकृया पनि पूरा नगरी दुईरात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र  रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भत्र्सना गर्दछौं । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबीन भइ आवश्यक कारबाही होस् भन्ने हिसाबमा आयोगमा आज एउटा निवेदन पेस गरेको छौं ।’ उनले भने

    प्रहरीले आततयी रुपले पक्राउ गरिएको भन्दै उनले स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक र वैयक्तिक गोपनीयताको हनन गरेको आरोप लगाए।

    कार्यवाहक महामन्त्री बुर्लाकोटीले राज्य संयन्त्रले मानवअधिकार हनन गरेको भन्दै राज्यको कदमको पार्टीले भर्त्सना गरेको बताए।



    फास्ट न्युज    
  • २०८१ चैत्र २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट