logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा

    952Shares
    काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा

    काठमाडौं । काठमाडौं उपत्यका आज पनि विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको छ । विगत दुई सातादेखि उच्च वायु प्रदूषणका कारण काठमाडौं उपत्यका विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा रहेको हो । यसलाई मानव स्वास्थ्यका लागि अत्यान्तै हानिकारक अवस्था मानिन्छ ।

    वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ ।

    वायु प्रदूषणका हिसाबले नेपालको काठमाडौंपछि भारतको राजधानी दिल्ली विश्वको दोस्रो नम्बरमा छ । दिल्लीको एक्यूआई १७६ छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनको वुहान शहरको एक्यूआई १७१ छ ।

    वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट