logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • कांग्रेस महामन्त्री शर्माले भने- राजावादीको आन्दोलनमा २ युवा मारिँदा पनि निर्मल निवासलाई दुखेन

    982Shares
    कांग्रेस महामन्त्री शर्माले भने- राजावादीको आन्दोलनमा २ युवा मारिँदा पनि निर्मल निवासलाई दुखेन

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिँसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त नगरेकोमा आक्रोस व्यक्त गरेका छन्।

    ‘शान्तिपूर्ण भनिएको आन्दोलनको नाममा दुईजना होनहार युवाको मृत्यु भयो, तर निर्मल निवासलाई दुखेन,’ शर्माले आजको संसद् बैठकलाई सम्बोधन गर्दै भने, ‘नागरिक मर्दा धेरैलाई दुख्यो तर, निर्मल निवासलाई दुखेन। म सोध्न चाहन्छु–तीनकुनेलाई दुख्दा, हृदय नदुख्ने कस्तो राजा चाहिएको हो?’

    प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाका सांसद्ले गरेको अवरोधप्रति पनि शर्माले असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्रीले बोल्दै गर्दा प्रतिवाद गर्न नपाइएको संसद् नियमावलीको ख्याल गर्न पनि आग्रह गरे। राजा संवैधानिक भएर बस्न नमानेपछि मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै उनले राजावादीको आन्दोलनमा लागेकाहरुलाई इतिहासको ख्याल गर्न आग्रह गरे।



    फास्ट न्युज    
  • २०८१ चैत्र १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट