logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन एमालेको माग

    1KShares
    ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन एमालेको माग

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहँदा फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागतलाई कथित भनेपछि राप्रपाले आपत्ति जनाएको थियो। त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उक्त अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग गरे।

    बर्तौलाले पनि संविधानमाथि गएर बोलेको भन्दै शाहीको अभिव्यक्ति हटाउन माग गरे। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनप्रति आपत्ति जनाए। ‘जिउँदै मान्छे जलाउने, आगजनी गर्ने राजावादीहरू हुँ भनेर हुँकार गर्ने गणतन्त्रको यो संसद्‌मा स्वीकार छैन,’ उनले भने, ‘म उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्छु।’

     



    फास्ट न्युज    
  • २०८१ चैत्र १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट