logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किँदै

    1KShares
    रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किँदै

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।सहकारी ठगी प्रकरणमा उनी पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका थिए । उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

    सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको छ ।

    कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, लामिछानेले सोमबार बस्ने केन्द्रीय समितिको बैठकको सभापतित्व गर्नेछन्।

    पहिलो बैठक कार्यवाहक सभापतिज्यूबाट सुरु भई धन्यवाद ज्ञापनसहित समापन हुनेछ। लगत्तै दोस्रो बैठक सभापति रविज्यूको नेतृत्वमा बस्नेछ,” झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    दोस्रो बैठकमा पार्टी र संसद्का गतिविधिबारे छलफल हुनुका साथै सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुने जनाइएको छ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट