logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • पूर्वराजा शाहको सुरक्षा सेट परिवर्तन, संख्या घटाइयो

    907Shares
    पूर्वराजा शाहको सुरक्षा सेट परिवर्तन, संख्या घटाइयो

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सुरक्षाकर्मीको संख्या परिवर्तन गरिएको छ । सरकारले सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरेको बुझिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाइदिएको छ ।

    डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृहमन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार शाहको सुरक्षामा प्रमोद प्रकाश पाठक नेतृत्वमा १६ जनाको नयाँ टोली खटाइएको छ ।

    भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षाकर्मीको टोली उनको सुरक्षामा खटाइएको हो । यसअघि शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले तीनकुनेमा भएको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकालेको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट