logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • पूर्वराजालाई काठमाडौं महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्यो

    982Shares
    पूर्वराजालाई काठमाडौं महानगरले  ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्यो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो ।

    शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो । महानगरले हिजो नै काठमाडौंमा कार्यक्रम गरेको समाजवादी मोर्चालाई भने कुनै जरिवाना गरेन ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट